कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार अन्त्य गर्नुपर्नेमा जोड

सुर्खेत : कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार अन्त्य गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले एक्यवद्धता जनाएका छन् । सञ्चारिका समूह कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा सोमबार आयोजना गरेको एक कार्यक्रमका सहभागीले एक्यवद्धता जनाएका हुन् । 

दुई दिन चल्ने तालिम तथा अन्तरक्रियाका प्रशिक्षक एवम् सञ्चारिका समूह कर्णाली प्रदेशका सल्लाहकार टीका विष्टले हरेक कार्यालयले लैंगिक नीति बनाउनुपर्ने बताइन् । कार्यक्रममा प्रस्तुती दिँदै उनले कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारका बारेमा बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय नीतिहरुका बारेमा जानकारी दिइन् ।

विष्टले आफूमाथि दुव्र्यवहार भएको वा हुँदैछ भन्ने थाहा पाउनासाथ प्रतिकार गर्ने अर्थात् नाइँ भन्ने, सुरक्षित स्थान छनोट गर्ने र असुरक्षित ठाउँमा भएमा सुरक्षित ठाउँ अर्थात् समुदायमा जानुपर्ने बताइन् । ‘कार्यस्थलमा यौन दुव्र्यवहार मात्र नभई शारिरीक तथा मानसिक रुपमा पनि दुव्र्यवहार हुन्छ,’ उनले भनिन्, ‘यसबाट बच्नका लागि हामीले प्रतिकार गर्न सक्नपर्छ, प्रतिकार भनेको शारिरीक रुपमा मात्र नभएर विभिन्न कुटनीति अपनाएर पनि आफू सुरक्षित हुन सक्नुपर्छ ।’ प्रशिक्षक विष्टले विभिन्न कानुनका बारेमा जानकारी राखेर आफूमाथि दुव्र्यवहार भएमा कानुनी सुरक्षा अपनाउनुपर्ने बताइन् ।

उनले राम्रो छुवाई र नराम्रो छुवाईको बारेमा जानकारी दिँदै सामान्यतयाः छातीको भाग, पछाडीको भाग र दुई तिघ्राको बीचको भागमा छाएको खण्डमा नराम्रो छुवाई भन्नेबारे जानकारी दिइन् । संवेदनशील अवस्थाबाहेक नियतवश ढंगले कसैले छोएमा नराम्रो छुवाई भनेर बुझ्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले समाजमा हुने विभेदका बारेमा जानकार हुनुपर्नेमा जोड दिइन् । उनले विभिन्न अभियान चल्दैमा पितृसत्ताको अन्त्य भएको भन्नेमा विश्वस्त हुने अवस्था नभएको बताइन् । 

तालिममा सहभागीले आफूले कार्यस्थलमा भोगिरहेका हिंसा तथा दुव्र्यवहारको बारेमा अनुभव सुनाए । उनीहरुले कार्यलयमा सूचना माग्न जाँदा, मार्केटिङमा जाँदा, विद्यालय जाँदा, रिपोर्टिङमा जाँदा यस्ता खालका दुव्र्यवहार भोगिरहेको बताए । 

वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।



Post a Comment

Previous Post Next Post