स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक तालिम सम्पन्न

सुर्खेत : निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । बुधबार बाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । अन्तराष्ट्रिय श्रम संगठन नेपालको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले तालिमको आयोजना गरेको थियो ।

३ दिनसम्म भएको तालिममा स्याहार अर्थतन्त्रबारे छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले बताए । पहिलोपटक यो विषयमा आयोजना गरिएको तालिममा देश र विदेशमा हुने स्याहार अर्थतन्त्रबारे छलफलल भएको बताए । यो विषय निजि क्षेत्रले उठाउदा कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयमा पनि तालिममा छलफल भएको उनले बताए ।

प्रत्येक दिन भोगिरहेको विषयलाई तालिमपछि व्यवस्थापन कसरी गर्ने बारे जानकारी पाएको तालिममा सहभागि निर्मला रेग्मीले बताइन् । यो विषयमा पहिलो पटक छलफलमा बसेको अनुभव उनले साटिन् । स्याहार अर्थतन्त्रमा महिलाको योगदान लगाएतका विषयमा तालिममा जान्ने मौका पाएको उनले बताइन् ।

प्रशिक्षक आस्था भट्टले सहजिकरण गरेको तालिममा रोजगारदाता र सरकारी निकायका प्रतिनीधीको सहभागीता रहेको थियो । ३ दिनसम्म संञ्चालन भएको तालिमको समापन नेपाल उद्योग वाणिज्य महांसघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले गरे ।

Post a Comment

Previous Post Next Post