सुर्खेत : जाजरकोटमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि २८ जना घाइते मध्ये ४ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सोमबार भेरी नगरपालिका–१३ कदुमा भएको फोर्स गाडी दुर्घटनामा २५ जना घाइते भएका छन् भने उक्त जिल्लाकै बाउसेखोलामा भएको दुर्घटनामा तीन जना घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाका अनुसार बा ५ लख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगन्जतर्फ जाँदै गरेको उक्त गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो । गाडी सडकबाट ५० मिटर तल खसेको छ भने घाइतेहरूमध्ये केहीलाई कुदुको स्थानीय स्वास्थ्य संस्था र गम्भीर घाइते तीन जनालाई सदरमुकाम खलंगा लगिएको उनको भनाइ छ ।
यस्तै बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका–४ को बाउसेखोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा घाइते भएका तीन जनालाई जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ ।
Post a Comment