कालिकोट जिप दुर्घटना अपडेट : मृतक हुनेको संख्या ७ पुग्यो, सबैको पहिचान खुल्यो

सुर्खेत : कालीकोटको पलाता गाउँपालिका(३ राडुनेटामा जिप दुर्घटना परेर मृत्यु हुनेको संख्या सात पुगेको छ ।

कर्णाली प्रदेश प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र  गणेश शाही, पलाता(५ की छाया शाही, पलाता(३ का दमन रोकाया र चालक धनिराम रावत रहेका छन्।

यस्तै दुर्घटनामा परेर घाइते हुनेहरुमा पलाता–६ का किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र  रोकाया, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया र पलाता–५ का दोली विक र आयुशा विक रहेका प्रहरीले जनाएको छ।

घाइते १३ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ। पलाता गाउँपालिका(५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको  कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो।

Post a Comment

Previous Post Next Post